Skip to main content

Posts

Featured

एशियन प्रिमियर लिग क्रिकेट हुने, विजेताले २५ लाख पाउने

क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्ढिगढ पन्जाबको आयोजनामा एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । एसियाका ६ वटा देशका टिम सहभागी हुने प्रतियोगिता असार ५ गतेदेखि सुरु हुने छ । प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, दुबई, श्रीलंका र बंगलादेशका टोली सहभागी हुनेछन् । लिग चरणबाट उत्कृष्ट ४ टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताका सबै १९ वटा खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् । प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ, उपबिजेताले १० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । विभिन्न देशका उदयमान खेलाडीलाई अवसर प्रदान गर्न साथै क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदको पनि सहयोग रहनेछ भने सोनी सिक्स टेलिभिजनले खेलको प्रत्यक्ष प्रसारण गर्नेछ । यसैविषयमा आज साझ आयोजकले एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको घोषणा गर्दैछन । जसमा टिममा सहभागि खेलाडीका साथै टिमको पनि नाम सार्वजनिक गरीने बुझिएको छ ।

Latest Posts

South Africa retains No. 1 ODI ranking following annual update

नेपाल र हङकङ खेल्ने मिति तय

आईसीसीको नयाँ निर्णय: फुल मेम्बरले भन्दा एसोसिएटहरुले धेरै बजेट पाउने, नेपाल बारे यस्तो निर्णय

हंगकंगसंग नेपालको खेल अक्टोबरमा

नेपाल र श्रिलङ्का बीच हुने भनिएको मैत्रिपुर्ण टि२० पुन हुने । मिति पछि तोकिने